विभागकै विभेद, ठूलालाई चैन सानालाई ऐन : ठूला घरानीयाँ कम्पनीहरु टाट पल्टीएकै हो ?

- December 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले प्रत्येक वर्ष कर दिवसलाई महत्वपूर्ण रुपमा मनाउदै आएको छ । सो कर दिवसमा देशको आर्थिक विकासमा उल्लेखिनिय योगदान पु¥याउने उद्योगी, व्यवसायीलाई सम्मान गर्दै आएको छ । तर, आन्तरिक राजस्व विभागले ८ औ कर दिवस मनाईसक्दा समेत ठूला घरानीय कम्पनी र सो कम्पनी सञ्चालक भने अहिले सम्म सम्मानीत हुन सकेका छैनन् । एकातर्फ साना करदातामाथी तत्कालै कारबाही गर्दै आएको आन्तरिक राजस्व विभागले ठूला घरानीयाँ कम्पनीमाथी अनुसन्धान गर्ने आँट समेत सरकारले गर्न सकेको छैन ।
सरकारले प्रत्येक मसिर १ गतेलाई कर दिवसको रुपमा मनाउदै आएको छ । यसरी मनाउने कर दिवसमा सम्मानित हुनुपर्नेमा ठूला व्यसायीक घरानीया कम्पनीहरु हुनु पर्ने हो तर, त्यी कम्पनीहरु ८ औं कर दिवस सम्म आईपुग्दा समेत एक पटक पनि सम्मान हुने सरकारी सूचीमा पर्न सकेका छैनन । कारण सो कम्पनीहरुबाट देशलाई बुझाउनु पर्ने मुल्य अभिबृद्धि कर (भ्याट) आयकर, अन्तशुल्कलगायतका करहरु छली गरेकै कारण सो सूचीमा नपरेको ठहर साना करदाताहरुको ठहर गरेका छन् । सो सम्बन्धमा विभागका उपमहानिर्देशक थानेश्वर गौतम भने सो विभेद नगरिएको बताउनुहुन्छ । हामीले सानाठूला भनेर कहिल्यै पनि नहेरेको विद्यमान कर ऐन अनुसार सवैलाई एउटै व्यवहार गरेको बताउनु हुन्छ ।

ठूला घरानीयाँ कम्पनी सञ्चालकलाई कानुन लाग्दैन कि क्या हो लामो समयदेखि कर चुक्ता सरकारले गर्न सकेको छैन । @प्राइम टाइम टेलिभिजन हेर्दै गर्नुहोला ।

Posted by Roshan Karki on Saturday, November 30, 2019

विभागको आयोजनमा गत आर्थिक वर्ष २०७५/२०७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गर्नुभएको छ । तर आठौं कर दिवसको अवसरमा पनि सरकारले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सो करदाताको सूचीमा अहिलेसम्म ठूला घरानीयाँ कम्पनीहरु नपर्दापनि सम्बन्धित सरकारी निकायले सो बारे अनुसन्धान समेत गरेको छैन । अहिलेसम्म कर नबुझाउनेमा चौधरी ग्रुप, गोल्छा, दुगड, शंकर, विशाल, भाटभटेनी, आरजे कर्पको र्फम वरुण डेभलपर्सलगायत अन्य प्रतिष्ठित कम्पनीहरुको सूची लामो रहेको छ । चौधरी ग्रुपले सीजी ईलेक्ट्रोनिक्स, सीजी ईम्पेक्स र सीजी फुड्सको नाममा विभिन्न बस्तुहरुको उत्पादन गर्ने गर्छ कर बुझाउने बेला नक्कली भ्याट बिल जारी त्यो कम्पनी प्रायःघाटामा गएको वित्तिय विवरण सरकारलाई पेश गर्दै आएको पाइएको छ ।
गएको वर्षनै राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गर्ने फर्मसँग कारोबार गरेकोले चौधरी ग्रुपका तीन कम्पनीलाई दोषी ठह¥याई जरिवाना समेत गरेको थियो तर अहिलेसम्म सो ग्रुपले न जरिवाना बुझाएको छैन भने सरकारी निकायको निर्देशनको पालना समेत नगरी कर छली गर्दै करोडौ रुपैयाँ सरकारलाई घाटा लाग्दै गएको छ । चौधरी ग्रुपले यसमा चित्त नबुझेर पुनरावेदन ग¥यो, त्यसको अन्तिम निक्र्याैल हुन नसक्दा सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने रकम व्यवसायीलेनै चलाउदै आएका छन् । तर सरकारी निकाय आन्तरिक राजस्व विभागले भने ठूला करदातालाई चैन र साना करदाताई ऐन लगाउदै आएको गुनासो समेत अहिले सुनिन थालेको छ । साना लगानीमा सञ्चालन गरिएका कम्पनीमाथी सरकारले कर नबुझाएको भन्दै सिलबन्द समेत गर्दै आएको अबस्थामा लामो समयदेखि कर छली गर्ने चौधरी ग्रुपलगायत अन्य कम्पनीमाथी भने अनुसन्धान समेत गर्न सकेको छैन ।
विनोद चौधरीसँग सम्वन्धित तीन कम्पनीहरु एलजीका सामान बिक्री गर्ने सीजी इलेक्ट्रोनिक्स, नेपालमै एसम्बल्ड सीजी ब्राण्डका विद्युतीय सामान बिक्री गर्ने सीजी इम्पेक्स र वाइवाई चाउचाउ उत्पादन गर्ने सीजी फुड्सका तीन कम्पनीबाट करोडौ रुपैयाँ राजस्व छली गरिदै आएको छ । कम्पनीको नाममा खर्च देखाएर सर्वसाधारणले तिरेको भ्याट सरकारलाई नतिरि चौधरीको व्यक्तिगत खातामा जम्मा गर्दै अहिले उनी विश्वको धनीको सूचीमा समेत परेका छन् । देशमा कर नबुझाउने तर विश्वको घनीको सूचीमा परेका चौधरी र चौधरी सम्वद्ध कुनै पनि कम्पनीले के कति कर बुझायो भन्ने विवरण सरकारले सार्वजनिक समेत गर्न सकेको छैन । यदी सो समुहले कर बुझाएको भए किन परेनन् सरकारले मनाउदै आएको कर दिवसमा उनको नाम र कम्पनी ? सरकारले यस बारेमा गम्भीर भएर छानविन गरी कारबाही गर्नुको विकल्प छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!