ब्राण्डेड जुत्ताचप्पल आयातकर्ताबाट करोडौ रुपैयाँ राजस्व छली : सरकारले गर्न सकेन कारबाही (भिडियो साभार प्राइम टाइम टेलिभिजन )

- November 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । सरकारले राजस्व चुहावट र न्यून भन्सार मुल्याङक गरि कर छली गर्नेमाथी कारबाही गर्ने भनेपनि अहिले सम्म कसैलाई पनि कारबाही गर्न सकेको छैन । सरकारले कारबाही नगर्दा न्यूनभन्सार मुल्याङकन गरी नेपाल भित्राएको सस्तो जुत्ताचप्पललाई खुद्रा व्यापारीहरुले अत्याधिकम मंहगोमा बिक्री गरी उपभोक्तामाथी ठगी गरेको पाइएको छ । भन्सार कर्मचारी र सम्बन्धित व्यापारीहरुकै सेटिङमा मुलुकको प्रमुख नाकालगायत अन्य नाकाबाट अवैधरुपमा सामान नेपाल भित्राई राजस्व छलीको धन्दा रोकिनुको साटो झन् मौलाउदै गएको छ । वीरगञ्ज भन्सारमार्फत भित्रिएका दुई ट्रक हार्डवेयर सामान प्रहरीले नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग पथलैयास्थित क्षेत्रीय कार्यालयमा चेकजाँच गराउँदा ७० प्रतिशत वस्तुको राजस्व नतिरेको फेला परेसँगै न्यून बीजकीकरण गरी सामान भित्राउने गरेको प्रमाण भेटिएको हो । १३ लाख ४६ हजार जरिवानासहित २७ लाख रुपैयाँ धरौटी राखेर व्यवसायीले हार्डवेयर बोकेका ना २ ख ९५७४ र ना २ ख ६७५४ नम्बरको ट्रकबाट अबैधरुपमा समाान नेपाल भित्राएको राजस्व कार्यालयले जनाएको छ ।
सरकारले स्वदेशी उत्पादन भन्दै प्राथमिकताको सूचीमा राखेको जुत्ताचप्पलकै नामबाट सोही क्षेत्रका व्यवसायीहरुले नक्कली प्रमाण तयार गर्दै सस्तोमा नेपाल भित्राउदै आएका छन् । नेपाली बजारमा नक्कली वस्तुहरुको आयात गरी उपभोक्ता ठगी हुँदै आएकोमा पछिल्लो समयमा ब्राण्डेड सामानको नाममा लुट नै मच्चाउँदै आएको पाईएको छ । इरेक तथा अन्य ब्राण्डका जुत्ता आयात तथा बिक्रीमा ठूलो मात्रामा राजस्व र भन्सार छली गर्दै आएका राजस्व कार्यालयले जनाएको छ । सो सामान रोशन मेहनसरिया (अग्रवाल) ले आयात गरेका थिए । चीनमा बनेका इरेक, पिक तथा अन्य ब्राण्डका जुत्ता आयात गर्दा भन्सार तथा राजस्व छली ब्राण्डेड जुत्तामा अत्याधिक मुल्य राखी उपभोक्ता ठगी गर्दै आएको छ ।

ब्राण्डेड जुत्ताचप्पलको आयातमा व्यवसायीबाट यसरी हुन्छ राजस्व छली र उपभोक्तामाथी ठगी……..@ प्राईम टाइस टेलिभिजन हेर्न नभुल्नु होला ।

Posted by Roshan Karki on Saturday, November 30, 2019

विगतमा साधारण जुत्ताको रुपमा दुईदेखि पाँच डलरमा भन्सार छुट्दै आएका छन । नोपली व्यापारीसँगको मिलिमतोमा अहिले प्रतिजोर १७ रुपैयाँ नेपाली रुपैयाँमा भन्सारबाट जुत्ताचप्पल छुटाउँदै आएको भेटिएको छ । न्युरोडको मक्खनमा गोपीकृष्ण इम्पेक्स, सुरज आर्केट, रञ्जना ट्रेड तथा अन्य स्थानहरुबाट यी ब्राण्डका जुत्ताको होलसेल कारोबार गर्दै आएका छन् ।  केही व्यवसायीहरुले अन्य ब्राण्डका सामान बेच्ने व्यवसायीहरुले १७ रुपैयाँमा भन्सार गरेर जुत्ताचप्पल नेपाल भित्राएको सुन्न आएको हो बताएका छन् । भन्सार कर्मचारीको मिलिमतोमा ब्राण्डेड जुत्ताचप्पल १७ रुपैयाँदेखि पाँच सय ६० रुपैयाँ प्रतिजोर जुत्ताको मूल्य टिपाई करछली गरेको पाइएको छ । बजारमा आएपछि सोही जुत्ताचप्पललाई न्यूनतम पाँच हजार ६० रुपैयाँमा बिक्री गर्दै आएको पाइएको छ ।  इरेक जुत्ताको नेपालको एजेन्सी बताउने रोशनले अण्डर बिलिङमा सामान मगाउने, ग्राहकलाई भ्याट बिल नदिने र मुख्य खातापाता कपलपोरीरीस्थित आफ्नै घरमा राखेर राजस्व छली गर्दै आएको छ । रिबुक, एडिडास, फिला, नर्थफेस, नाईकी जस्ता विश्व प्रख्यात ब्राण्डमा वस्तु आयातमा राजस्व छली गरी सामान नेपाल भित्राउँदै करोडौँ रुपैयाँ राजस्व छली गर्दै आएका छन् । विना भन्सार या न्यून बिलिङबाट सागर एण्ड साधना बिजनेस प्रालिले उक्त ब्राण्डका दुई करोड २३ लाख रुपैयाँ मूल्य बराबरको जुत्ता राजस्व छली गरी भित्राएको छ । लेखा नं ३०२६७२७४३० भएको सागर एण्ड साधना बिजनेस प्रालिले मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका जुत्तालाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनी ठूलो परिमाणमा राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
लिलाबहादुर घिमिरे र गंगाबहादुर घिमिरे सञ्चालक रहेको सागर एण्ड साधना बिजनेस प्रालिले उत्पत्तिको मुलुक इन्डोनेसिया, भियतनाम हुनुपर्नेमा चीनमा उत्पादन भएको देखाई राजस्व छली गर्दै आएको हो । विभागले राजस्व चुहावट गरेको भन्दै सञ्चालकद्वय तथा भन्सार एजेन्टविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भन्सार छलीका जुत्ता जफत गरी बिगो रकमको दोब्बर चार करोड ६४ लाख रुपैयाँ जरिवाना तथा दोषीउपर तीन वर्षसम्म कैद मागदाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । उनीहरुलाई भन्सार ऐन २०६४ को दफा ५३ अनुसार उनीमाथि पनि कारबाही माग गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!