राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन…’ (भिडियोसहित)

- November 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, मंसिर १२ ।राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।
https://youtu.be/0HbeSPm-8Tk

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!