नेपाली कथानक चलचित्र बल्छी धुर्बेको शुभ साइत सम्पन्न

- November 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल

काठमाडौं , मंसिर १० । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र‘बल्छी धुव्रे’ को आज शुभ मूर्हुत गरिएको छ । आज महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गरिदैँ चलचित्रको घोषण गरिएको छ । सुरु गरिएको हो । चलचित्रको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा छायाँकन गरिने सो कार्यक्रममा जानकारी दिइएको थियो ।

चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा , सुरेन्द्र बराल , दिपक घिमिरे , अर्चना सुवेदी , योजना पुन मगर, राम शरण खत्री , राजन श्रेष्ठ , संगम प्रजापती , लाल प्रसाद सापकोटा र दिपक भण्डारीलगायतको मुख्य भूमिका चलचित्रमा रहेको छ । चलचित्रमा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ । केदार मल्लको लेखन तथा निर्देशन , शंकर अधिकारी घायलको गीत , पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवम राजेश कुमार श्रेष्ठ , संजय हमालको एरेन्जमा रहेको गीत चलचित्रमा समावेश गरिने भएको छ । चलचित्रलाई दिलिप कहरको छायाँकन , विवेक थापा र राजन मर्हजनको नृत्य रहने भएको छ ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!