प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन जित्दैछ कांग्रेस

- November 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई फाइदा हुने निश्चित भएको छ ।

१४ मंसिरमा प्रतिनिधिसभाका एक र प्रदेशसभाका तीन गरी चार सांसदका लागि हुने निर्वाचनमा सबै हारेपनि कांग्रेसलाई घाटा लाग्दैन । किनकि कांग्रेसले जितेका स्थानमा उप निर्वाचन हुनेछैन् ।

प्रतिनिधिसभाको कास्की २ तथा प्रदेशसभाको दाङ ३ (ख), बाग्लुङ २(ख) र भक्तपुर १(क)मा २०७४ मा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट ३ र राष्ट्रिय जनमोर्चाबाट एउटा उम्मेदवारले जितेका थिए ।

कास्की २ मा तत्कालिन एमालेबाट रवीन्द्र अधिकारी, प्रदेशसभाको दाङ ३ (ख) मा एमालेबाटै उत्तरकुमार ओली, बाग्लुङ २ (ख) मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती र भक्तपुर १(क)मा एमालेबाट हरिशरण लामिछानेले चुनाव जितेका थिए ।

सांसदका लागि उप निर्वाचन हुने ४ स्थानमा नै पराजित भएपनि घाटा नलाग्ने कांग्रेसले ४ ओटै स्थानमा जित्ने सम्भावना प्रवल रहेको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् । आफ्नो मत सुरक्षित राख्न उम्मेदवार उठाएको कांग्रेसले जित्नु उसका लागि खुसीको कुरा हो ।

परिस्थिति फरक भएकाले कांग्रेसलाई उप निर्वाचनमा नाफा सावित हुँदैछ । संघमा दुई तिहाईको सत्ता र ७ मध्ये ६ प्रदेशमा सत्ता चलाई रहेको नेकपा (तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको)ले जनअपेक्षा अनुरुपका काम गर्न सकिरहेको छैन् ।

चुनावी घोषणापत्रमा दिएको समृद्धिको नारा आकाशको फल आँखा तरी मर जस्तै हुँदा त्यसले जनतामा निराशा छाएको छ । यसको चिरफार भइरहेकाले कांग्रेसको पक्षमा माहोल बलियो बन्दैछ ।

सत्तामा रहेको र भर्खर दुई पार्टी एक भएर बनेको पार्टी भएकाले नेकपामा टिकट वितरणमा पनि धेरै असन्तुष्टि देखा प¥यो ।

कास्की र दाङमा निर्वाचित भएर मृत्यु भएकाको परिवारलाई सान्तोना दिने नाममा त्यस क्षेत्रको राजनीतिमा कुनै योगदान नभएका श्रीमतिहरुलाई टिकट दिदा त्यहाँ काम गरिरहेकाहरु असन्तुष्ट बनेका छन् । जसको प्रभाव प्रचार प्रसारका क्रममा पनि देखिएको छ ।

भक्तपुरमा तत्कालिन माओवादीको भाग लगाएर टिकट दिइएको छ । भने बाग्लुङमा बाम गठबन्धनको नाममा राष्टिय जनमोर्चालाई टिकट दिने काम भएको छ ।

कास्कीमा चुनाव प्रचार प्रसारका क्रममा आम मतदाताले वाइडबडी, न्यारोबडी भैरहवा, पोखरा र निजगढ विमानस्थलका विषयमा भएका अनियमितताका विषयमा कुरा उठाइरहेका छन् ।

रवीन्द्रकी श्रीमति विद्यालाई टिकट दिएपछि आफुहरुको राजनीति असुरक्षित भएको आंकलन गर्ने नेताहरु छन् । जसमा बर्तमान प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्माओलीका विश्वासपात्रद्वय केन्द्रिय नेताहरु खगराज अधिकारी र जगत विश्वकर्मासहितका नेताहरु छन् ।

क्षेत्रको राजनीतिमा अहिलेसम्म सुन्य योगदान भएको भनेर प्रचार गरिदिदा पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले जुन जागर चलाउनु पर्ने हो, त्यसरी चलाएका छैनन् । त्यसमाथि रवीन्द्रका सहपाटी कमलजंग कुवरले बागी उम्मेदवारी दिएका छन् ।

एमालेका लगनशील कार्यकर्ता र भर्खरै मात्रै उपसचिवबाट अवकास पाएका कुवरले पनि नेकपाको राम्रै मत काट्ने आंकलन छ । बाग्लुङमा जनमोर्चालाई छोडेको आक्रोषमा नेकपामा नेता शेरमान धर्तीले बागी उम्मेदवारी दिएका छन् ।

प्रचार प्रसारका क्रममा गठबन्धनका उम्मेदवारको पक्षमा भन्दा बागीको पक्षमा माहोल बढि देखिएको छ । दाङको सन्दर्भमा भन्ने हो भने नेकपाकी उम्मेदवार विमला खत्री नेकपाकी संगठित सदस्य समेत होइनन् । अहिलेसम्म राजनीतिको र समेत नबुझेकी महिला हुन् ।

राजनीतिमा लागेर आफ्नो जीवन गुजारेका शोभाराम बस्नेत जसले एमालेको जिल्ला नेतृत्व समेत हाँकी सकेका हुन् । उनीहरु लगायतका महत्वपूर्ण नेताहरुलाई टिकट नदिएर उनलाई दिएकोमा आक्रोष बढ्दो छ ।

त्यसले समस्या पार्न सक्ने नेकपा र पूर्व एमालेहरुले नै आंकलन गरिरहेका छन् । यता भक्तपुरमा पूर्व माओवादीको भागमा परेको छ ।

पूर्वमाओवादी २०७४ सालको निर्वाचनमा चौथो पोजिशनमा थियो । मत १००० पनि पुगेको थिएन । देवीप्रसाद ढकाललाई टिकट दिएपछि पूर्व एमालेहरुले नेकपाको कार्यालयमै तालावन्दी गरेका थिए । केन्द्रिय नेतृत्व लगेर ताला खुलाएपनि प्रचार प्रसार हे¥यो भने दयालाग्दो देखिन्छ ।

नेकपामा भन्दा कांग्रेसमा टिकट दिदा पनि व्यालेन्स मिलाउने काम भएको छ । कांग्रेसले उठाएका उम्मेदवार तुलनात्मक रुपमा त्यागी र इमान्दार छन् । जसका कारण मतदाताले उम्मेदवारका विषयमा प्रश्न उठाउन सकिरहेका छैनन् ।

बरु नेकपाका कार्यकर्ताले पनि एकपटक मत दिएर जिताउने पो हो कि भनिरहेका छन् । कास्कीमा ७६ बर्षका खेमराज पौडेलले टिकट पाएका छन् ।

उनले राजनीतिक जिवन नेकपाकी उम्मेदवार विद्याको उमेर भन्दा बढि छ । अहिलेसम्म लाभको पदमा नबसेका र विवाददित छबी नभएका नेतामा गनिन्छन पौडेल । त्यसमाथि नेकपाबाट बागी उम्मेदवारी परेको छ ।

दाङमा पनि पुराना र इमान्दार छवी बनाएका केशव आचार्यले टिकट पाएका छन् । उनको राजनीतिक जीवन पनि विमलाको सिंगो उमेर भन्दा बढि छ ।

समाजमा प्रतिष्ठित नेताका रुपमा नाम चलेका आचार्यले जित्ने सम्भावना प्रवल रहेको दावी नेकपाका नेताहरु नै गर्छन ।

बाग्लुङमा जनमोर्चालाई दिएपनि नेकपाकै बागी उठेकाले कार्यकर्ताले आफ्नै पार्टीलाई नहाली अर्को पार्टीलाई मत हाल्दैनन् ।

भक्तपुरमा पूर्र्वएमालेहरुले नै डिपीलाई मत दिन नसकिने बताइरहेका छन् । त्यसमाथि स्थानीय व्यक्तिलाई कांग्रेसले टिकट दिएको छ । ढकाल बाहिरबाट आएको केहि समय मात्र भएका नेता हुन् ।

यसकारणले कांग्रेसले पार्टीलाई हारेपनि घाटा नहुने स्थानमा पार्टीको सिटसंख्या केहि मात्रामा भएपनि बढाउने सम्भावना देखिन्छ ।

नेकपाको दुई तिहाईको सरकारले कुनै काम नगरेको अवस्थामा जनताले पनि सरकारलाई जनमत खस्केको देखाएर सरकारले काम गर्ने जागर चलाउने बनाउन पनि प्रतिपक्षलाई जिताउन सक्ने आंकलन सुरक्षा सम्यन्त्रले गर्दै प्रधानमन्त्री कार्यालयमा रिर्पोट पु¥याएको स्रोतले बतायो । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!