ओमनका पर्यटनमन्त्रीलाई पर्यटन वर्ष २०२० को निम्तो

- November 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ०६ मङि्सर: ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई पर्यटन वर्ष २०२० को उद्घाटन कार्यक्रममा उपस्थित हुन निम्तो दिएकी छन्। बिहीबार राजदूत पराजुलीले मन्त्री नासेर अल मेहार्जीलाई पर्यटनमन्त्री योगेश भट्टराईले पठाएको निमन्त्रणापत्र दिएकी हुन्।

ओमनका पर्यटनमन्त्रीसँगको भेटमा पर्यटन सम्बन्धी सम्झौतालाई उक्त अवसरमा हस्ताक्षर गर्ने गरी तयारी गर्ने विषयमा छलफल भएको छ। राजदूत पराजुलीसँगको भेटमा ओमनका पर्यटनमन्त्रीले नेपाल आउन आफू इच्छुक रहेको र उक्त कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाएका छन्। अन्नपूर्णबाट

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!