राजीनामा दिन प्रधानमन्त्रीको आग्रह उपसभामुखले गरिन् अस्वीकार

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  ०४ मङि्सर : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मन्त्रीसँग पद नसाट्ने बताएकी छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्दै उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन्।

‘सभामुखसमेत नभएको अवस्थामा मैले राजीनामा दिँदा संवैधानिक संकट हुन्छ’, उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको हुँदैन। उपसभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बुधबार उपसभामुखले मन्त्री पदको शपथ नलिने जानकारी दिए।

‘उपसभामुखले आज मन्त्री पदको शपथ लिनुहुन्न’,  प्रेस सल्लाहकार अधिकारीले भने। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!