मोटरसाइकल चोरीमा संलग्न एक गिरोह प्रहरी नियन्त्रणमा

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम । मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई ६ वटा मोटरसाइकलसहित अलग अलग स्थानबाट धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा विभिन्न ठाउँबाट मोटरसाइकल बरामद गर्नुका साथै सात जना चोरहरुलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि नियन्त्रणमा रहेका छन् ।

पक्राउ परेकाहरुकै साथबाट ज ५ प ७१६३, ज ६ प ५४६०, बा ४७ प ९९४३, ज ९ प ९०८, ज ६ प ९७७५ र ज ७ प ९८८१ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पक्राउ परेकमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरीको घटनामा वृद्धि भएपछि प्रहरीले चोरीविरुद्ध विशेष अभियान शुरु गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!