नेपालमामा लगानीगर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुक : पिटर

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालकालागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्च्यात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताएका छन् ।
राजदूत वडले नेपाल चेम्बर अफकमर्सको जमलस्थितकार्यालयमाआयोजित आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलियाबीच सिधाहवाई सेवा शुरु गर्न आफूले पहलगर्ने बताए । यसको लागि व्यवशायीक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए । उनले अष्ट्रेलियाले नेपालको सामुदायिकवनमा गरेको सहयोग अन्य मुलुकको लागिपनि अनुकरणीय भएको बताउँदै नेपालमालगानीतथाव्यापारको लागिकानूनी र असल व्यवशाय मैत्रीवातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।
राजदूत वडको चेम्बरमा स्वागतगर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्वार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए । उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार /मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्तहुनुपर्ने बताए । नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुतगर्दै नेपाली समुदायपनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!