ओली–प्रचण्डकाे राष्ट्रपति सँग भेटवार्ता

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डले भेट गरेको जानकारी दिए ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै बुधबार केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष  प्रचण्डले  राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् ।
बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरबारे ब्रिफिङ गरेका थिए ।

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!