मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारी  : १२ बजे नेकपा सचिवालय बैठक

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, ०४ मङि्सर : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार मध्यान्ह १२ बजेका लागि सचिवालय बैठक बोलाएको छ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्दैछन् ।

 बालुवाटारमा दुई अध्यक्षको भेटघाटपछि १२ बजेका लागि सचिवालय बैठक बोलाइएको  प्रधानमन्त्रीका सञ्चारविज्ञ रामसरण बजगाईँले जानकारी दिएका छन्।   बुधबार नै मन्त्रिमण्डल हेरफेरको तयारी भएको छ। हटाउने र थप्ने मन्त्रीको नाम अन्तिम टुंगो सचिवालय बैठकले गर्ने स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए। त्यसयता उनले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल समाजवादी) का नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!