प्रदेश-५को राजधानीबारे प्रचण्डको यस्तो जवाफ

- November 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भैरहवा, ०३ मङि्सर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सहजता र सुविधाको आधारमा प्रदेश-५को राजधानी तोकिने बताएका छन्। लुम्बिनी पर्यटन प्रवर्दन, औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटन गर्दै प्रचण्डले मंगलबार यस्तो बताएका हुन्।

‘जहाँ गएपनि जिल्लागत रुपमा नागरिकहरुको भावना फरक पाइएको छ, त्यसैले सबै भन्दाबढी सुविधा र सहजता जहाँ हुन्छ त्यही राजधानी तोकिनेछ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न आवश्यक नरहेको समेत उनले बताए। ‘पूर्वाधार विकास भइसकेको स्थानमा राजधानी राख्न जरुरी छैन, नयाँ ठाउँमा राख्न सकिन्छ’, आफ्नो भनाई गलत ढंगले नबुझिदिन आग्रह गर्दै प्रचण्डले भने,‘छलफल भएर सबैले सहज हुने गरी राजधानी तोकिन्छ।’

भैरहवा अवसरप्राप्त स्थान रहेको भन्दै उनले यहाँ भइरहेको पूर्वाधार विकासले आगामी दिनमा अन्य स्थानलाई उछिन्नेसमेत उनले बताए । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!