तथ्य र प्रमाणको आधारमा भूमि फिर्ता हुन्छ परराष्ट्रमन्त्री, गफमात्र होकी गरेर देखाउँने !

- November 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, मङ्सिर १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तथ्य र प्रमाणको आधारमा नेपाली भूमि फिर्ता हुने बताएका छन् । उनले यसमा कुनै पनि देशको जनताको चित्त दुखाएर मित्रता कायम नहुने भएकाले मित्र राष्ट्रले कुरा बुझ्नुपर्ने बताए ।

साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ महाकाव्यको तानसेनमा शनिबार विमोचन गर्दै मन्त्री ज्ञवाली । तस्बिरस् कान्तिपुर

साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित ‘श्रम–साधना’ महाकाव्यको तानसेनमा शनिबार विमोचन गर्दै मन्त्री ज्ञवालीले भने, ‘मित्रता र अधिकार सँगसँगै जान्छन् । नेपाली जनताको चित्त दुखाएर मित्रता कायम पनि हुँदैन । यो हाम्रा मित्रहरुले बुझ्न जरुरी छ ।’ उनले मित्रताको नाममा अधिकार छाड्ने कुरा पनि नहुने बताए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्साप्रति इङ्गित गर्दै साहित्यकार वेनीमाधव ढकालको जिज्ञासामा परराष्ट्रमन्त्री ज्ञवालीले यो सरकारसँग नेपाली जनता ढुक्क हुन र विश्वस्त हनु आग्रह गरे ।

उनले सरकारले नक्साको विषयमा कुटनीतिक पहल सुरु गरिसकेको समेत बताए । उनले तथ्य प्रमाणको आधारमा मित्रराष्ट्रसँग कुरा गर्ने बताए । विगतमा जनताले तिरेका तिरो, जनगणनाका साथै निर्वाचनमा भाग लिएका आधारमा मात्र मित्र राष्ट्रसँग कुरा गर्ने मन्त्री ज्ञवालीले बताए ।

पूर्वखोला गाउँपालिका प्रकाशक रहेको र धवल पुस्तकालयले आयोजना गरेको कार्यक्रममा उनले मित्रताको सम्बन्ध चाहाने र मित्रताको कोषबाट अगाडी बढ्ने बताउँदै भने, ‘२०१५ सालमा चुनाव भयो । २०१८ मा गणना भयो । १९९७ सालमा बैतडीमा आएर तिरो तिरेका छन् । ती रसिदहरु हामीसँग छन् ।’

मन्त्री ज्ञवालीले प्रमाणको आधारमा मात्रै मित्रराष्ट्रसँग कुरा गर्ने बताए । दुई देश मिलेर दुई देशको जनताको हितमा काम गर्ने उनले बताए । नेपालले आफ्नो एकएक इन्च जमिनको रक्षा गर्ने बताउँदै उनले भने, ‘मित्रताको नाममा आफ्नो अधिकार छाड्ने भन्ने कुरा हुदैन । ’ कान्तिपुरबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!