मेनपावरहरुको ठगी धन्दा : कारवाहीमा सरकार लाचार

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकार आम नेपाली मेनपावरलाई नेपालमा रोजगार दिन नसकेर लाचार हुँदै विभिन्न मुलुकमा श्रम रोजगारको लागि पठाउन बाध्य छ । हो यही बाध्यताले गर्दा सस्तोमा श्रम बिक्रि गर्न आम सर्वसाधारण नेपालीहरु पनि बाध्य छन् । सरकारले तोकेको भन्दा बढी दस्तुर लिगेर आम सर्वसाधारणहरुलाई विभिन्न मुलुकमा पठाउन अहोरात्र मेनपावर व्यसायीहरुलाई न राज्यले अनुगमन गरेको छ उल्टै अनुगमन गर्ने निकाय अवैध अशुली गर्दै श्रम स्वीकृति दिन लालायित भएको बताईको छ ।

नेपालमा राम्रो रोजगार नभएकोले हरेक युवा शक्ति विभिन्न मुलुकमा जान बाध्य छन् । यही बाध्यतालाई बुझेर अवैध मेनपावर सप्लायर्सको रुपमा स्थापना भएको शैक्षिक परामर्श संस्थाहरुमा समेत अनुगमन नगरी निर्वाध रुपमा आम सर्वसाधारण ठगी हुन दिनु सरकारको लाचारी पन भन्दा केही नभएको बुझाई आम सर्वसाधारणहरुको छ यसै विषयमा खोजमुलक समाचारको लागि तीव्रखबर हेर्दै गर्नुहोस् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!