गोरुले हानेर एक महिलाको मृत्यु

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

संखुवासभा,कात्तिक ३०। संखुवासभाको खाँदबारी नगरपालिका –११ गोरुले हानेर एक महिलाको मृत्यु भएको छ ।

गोरुले हानेर गम्भीर घाइते भएकी खाँदबारी –११ हरेलो बस्ने बर्ष ७३ की फुर्वा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

गोरुलाई घाँस हाल्न गोठ पुगेकी शेर्पालाई गोरुले हानेर गम्भीर घाइते भएकी थिइन् । घाइते शेर्पाको उपचारको क्रममा शनिबार जिल्ला अस्पताल खाँदबारी ज्यान गएको प्रहरीले जनाएको छ । शेर्पाको लासको पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ । गोरुले हानेर मृत्यु भएको जिल्लामा पहिलो घटना हो ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!