ग्रान्‍डीमा प्रधानमन्‍त्री ओलीको पुन: डायलासिस

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,कात्तिक ३० : प्रधानमन्त्री केपी ओलीको शनिबार तेस्रो पटक डायलासिस भएको छ। नियमित स्वास्थ्य जाँचका लागि  धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ। 

फलोअपका लागि अस्पताल पुगेका ओलीको हेमोडायलासिस भएको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री आजै सरकारी निवास बालुवाटार फर्कने पाण्डेको भनाइ छ।

‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ग्रान्डी इन्टरनेशनल हस्पिटलमा आज नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउनु भएको छ र उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ। आजै उपचार पश्चात उहाँ प्रधानमन्त्री निवास पाल्नुहुनेछ।’

यसअघि  ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस भएको थियो। पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो। 

साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!