भाईरल खसी बोका र्‍याप गीतका र्‍यापर पहिलो पटक मिडियामा । (भिडियो अन्तर्वाता सहित )

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दँशैको बेलामा काठमाँडौ कलंकीको खशी बजार भीडमभाड थियो । त्यही भीडलाई व्यवस्थापन गर्नलाई भोलिन्टयरको रुपमा कार्यरत थिए अनिल परियार अर्थात मिस्टर स्पेसलि । १८ वर्षीय अनिलको परिचय यति मात्र थिएन उनी एक राम्रो र्‍यापर पनि थिए । उनी त्यहि काम गरिरहँदा उनले चर्चित भ्लगर सिसन बाँनियालाई ड्रोन मिलाईरहेको देखे र सिसनसामु गएर परिचय गरि आफू र्‍याप गर्ने कुरा बताए । सिसनले अनिललाई भोलि भेट्ने र भेट्दा खशी सम्बन्धी र्‍याप बनाएर ल्याउ भने ।

सिसनसँगको भेटले उत्साहित बनेका अनिलले भोलिपल्ट खशी बोका र्‍याप बनाए र सिसनलाई सुनाए । जुन भेटवार्ता र ¥यापलाई सिसनले आफ्नो भ्लगमा समेटे । भ्लग युट्युवमा आईसकेपछि अनिल एकाएक भाईरल बन्न पुगे । धेरैले उनको र्‍यापको तारिफ गरे , धेरैले चिन्न थाले अनि धेरैले खशी खशी खशी , बोका बोका बोका भनेर जिस्काउन पनि थाले ।

भ्लग आउनु अघिनै आफ्नो युट्युव च्यानल बनाएका उनको सब्सक्राइवर जम्मा ५०० थियो तर अहिले उनको झन्डै १० हजार पुगिसकेको छ । श्रोता दर्शकहरुबाट पाएको प्रतिक्रियाले उनमा थप हौसला जागेको छ । ३४६ भन्दा बढी र्‍याप गीत लेखिसकेका अनिल यी सब गीतहरुलाई आफ्नो युट्युव च्यानलको माध्यमबाट बजारमा ल्याउन चाहन्छन् ।

अङग्रेजी, हिन्दी लगायतका भाषाहरुमा पनि र्‍याप लेखिसकेका अनिलका केहि गीतहरु रेकर्डिङ तथा भिडियो हुने क्रममा छ । त्यसमध्य अफिसियली रुपमा खशी , साँचो बोलका गीत छिट्टै बजारमा आउँदैछ । सुरुवाती दिनमा एमिनेमका गीतहरुबाट प्रभावित अनिलले ४ कक्षा पढ्दादेखि नै र्‍याप लेख्न सुरु गरिसकेका थिए । थोरै समयमा धेरै कुरा भन्न सकिने हुनाले उनमा र्‍यापप्रतिको आकर्षण झन् बढेको थियो ।

नेपाली र्‍यापरहरुमा चाँहि विशेष मन पर्ने भन्ने नभएको तर सबै मन पर्ने उनी बताउँछन् । आफ्ना गीतहरुमा खाशै भल्गर शव्दहरु प्रयोग नगर्ने अनिल परिवारमा सुन्न लायक र्‍याप गाउनुपर्ने तर क्रोधपुर्ण गीतहरुमा भने सामान्य भल्गर शव्दहरु प्रयोग गर्दा फरक नपर्ने उनी बताउँछन् । नेपाली संगीत विशेषगरि र्‍यापमा लागेर परिवार धान्न गाहे हुने भएकोले भविष्यमा विदेश जाने तर संगीतलाई नछोड्ने अनिल बताउँछन् । उनीसँग गरिएको थप कुराकानी तलको भिडियोमा हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=GpkCnrDFTRQ&fbclid=IwAR1-q6TgOvQoMyDkRjOEDls0mlMQlDSocWPU3GHV1hFx5W-xK64i_HARp5Q


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!