चीनको ग्वाङजाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने : पुडासैनी

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र चीनको ग्वाङजाउका लागि वाणिज्यदूत हरिशरण पुडासैनीबीच भेटबार्ता भएको छ । वाणिज्यदूत पूडासैनीले आफुले चीनको ग्वाङजाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने बताएका छन । उनले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिकको माध्यमद्धारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रबर्द्धनमा जोड दिने बताएका छन ।

पूडासैनीले आवश्यकता अनुसार ग्वाङजाउमा नेपाल वायुसेवा निगमको सेवा सुरु गर्न समेत जोड दिएका छन । उनले नेपाली उत्पादन लगानीका अवसर तथा पर्यटन प्रबर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँगको सहकार्य गर्ने बताए । सोही अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा चेम्बर एक्स्पो २०२०, पर्यटन वर्ष २०२० मा चीनको ग्वाङजाउबाट पर्यटक ल्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिएका छन ।

अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबर्द्धन गर्न सिसीपिआईटीसँगको सहकार्यमा कार्यक्रम बढाउनुपर्ने बताए । साथै चीनले आयोजना गरेको आयात प्रबर्द्धन मेलामा हस्तकला, कृषिजन्य वस्तु लगायत नेपाली निर्यात योग्य वस्तुको प्रबर्द्धन गर्नु पर्नेमा जोड दिएका छन । भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारिक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, चीनको लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदानलगायका कार्य गर्न पुडासैनीको भूमिका महत्व पूर्ण रहने बताएका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!