प्रधानमन्त्री ओली ग्रान्डी जाँदै, आवश्यक परे डायलासिस गरिने

- November 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,  ३० कार्तिक  : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि  धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका छन् । उनी फलोअपका लागि अस्पताल जान लागेको ग्रान्डी अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए। ‘प्रधानमन्त्री ज्यू अस्पताल आउने कुरा छ, उपचारका लागि हामी तयारी अवस्थामा छौं’ डा.पाण्डेले भने । 

चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वाथ्य जाँच गरेपछि आवश्यक भए डायलासिस पनि गर्ने तयारी छ।  ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस गरिएको थियो । पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो ।

त्यो स्टेन्ट खुलाउने र आवश्यक परे तेस्रो पटक डायलाइसिस गर्ने तयारी चिकित्सकको छ ।  ‘प्रधानमन्त्रीसँग सल्लाहपछि निर्णय लिइने छ ।’ एक चिकित्सकले भने । अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!