गाडी तस्करहरुको यस्तो हर्कत: भन्सार छली देखी नक्कलि नम्बर प्लेट राख्नेसम्म

- November 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, २९ कात्तिक । नेपाल प्रहरी कालिमाटी वृत्तले भन्सार छली गरी ल्याइएको चार करोड भन्दा बढिका चार गाडी सहित दुई जनालाई हिजो बेलुका नियन्त्रणमा लिइएको छ ।

भारतबाट भन्सार छली गरी नेपालमा पुराना गाडीका नम्बर खोजी नक्कली नम्बर प्लेट राखि चलाउने गिरोहलाई कालिमाटी प्रहरी बृतका प्रमुख एबम् डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलिले नियन्त्रणमा लिइएको हो ।

हिजोनै प्रहरीले एक्स फोर स्कर्पियो, एक्स सेभेन स्कर्पियो, क्रेटा, फोर्टुनर गरि चार गाडी नियन्त्रणमा लिइएको हो ।

गाडीसहित सुर्खेत निवास दिपेन्द्र भन्ने दिपक बुँढा र गोर्खा निवासी मुकुन्द पुडासैनीलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले न्युज अभियानलाई बताए । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ ।साभार

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!