पोखरामा भेटिए सिक्का बाबा, २८ किलोको ज्यानम २० किलो सिक्का (भिडियो)

- November 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

राम बहादुर परियार पोखरा हेमजामा करिब ५० बर्ष अघि जन्मेका हुन् । उनी अहिले सिक्का बाबाको नामबाट चिनिदै आएका छन् । ५० बर्ष काटेका र जम्मा २८ किलो तौल भएका उनले लगाउने कपडामा २०६ देशका सिक्का टाँसेर हिड्छन् । सिक्काको मात्र तौल करिब २० किलो छ । २८ किलोको ज्यानले दैनिक २० किलोको कपडा लगाएर उनी हिड्छन् । हाल सम्म पनि बिहे नगरेका सिक्का बाबाको चाहना भनेको मन्दिर बनाएर गरिबहरुको लागी निशुल्क शिक्षा दिनु हो । देशको सिमा बिबादको विषयमा पनि उनी उत्तिकै जागरुक छन् र देशका नेताहरुले गर्दा भारतले बारम्बार देको सिमा मिच्ने गरेको बताए । कतिपयले आफूलाई पागल समेत भन्छन् उनले भने तर आफ्नो लक्ष्य भनेको देशलाई अन्र्तष्ट्रिय जगतमा चिनाउनु रहेको बताए । हेर्नुहोस् यो रमाईलो भिडियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!