गायिका सुनिता थेगीमको आवाजमा “हेराई ज्यानमारा “ भिडियो सहित

- November 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल,
काठडमाडौं कातिक २८ ।पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत “हेराई ज्यानमारा  “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ  । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ  । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ  । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा  “ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ  ।
“हेराई ज्यानमारा  “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!