मेलिना राई र ओम सुनारको स्वरमा “तिमीलाई माया गरौँ भन्छ यो मन” को भिडियो सार्वजनिक

- November 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ । गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ  ।

गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ । गीत एकदमै राम्रो र उत्कृष्ठ बनेको छ । हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् । आफ्नो मायालुसँग जिउँने मर्ने कुरा समिटिएको छ ।

भिडियोलाई सारदा आर एल शाहको निर्देशन गरेका हुन् । गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन् ।https://www.youtube.com/watch?v=ZLCtVE9cONg&feature=youtu.be&fbclid=IwAR3FQn87mnh-yPZ46QkBukPm5PUONXaZU0-ZECYYCkeiFUJRmoYQKMECs-k


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!