डा. केसीको स्वास्थ्य जटिल बन्दै,सम्बन्धीत निकाय मौन

- November 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डा. केसीको स्वास्थ्य जटिल बन्दै,सम्बन्धीत निकाय मौ

newsabhiyan

न्यूजअभियान | प्रकाशित मिति : २०७६ कार्तिक २५ सोमबार | Patrapatrika

काठमाडौ, कार्तिक २५ । डडेलधुरामा ७ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ ।

उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको बताए । ‘डडेलधुरामा उपचारको धेरै सुविधा छैन, चाँजोपाँजो मिले धनगढी लैजानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । कँडेलका अनुसार डा। केसी डडेलधुरा छाडेर अन्यत्र नजाने अड्डी लिएर बसेका छन् ।

केसीको समर्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार पनि प्रदर्शन गरेका छन् । डडेलधुरा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा सरकारको ध्यानाकर्षण गराउन दिउँसै राँके जुलुस निकालिएको थियो । ‘जनताको अधिकारका लागि डा। केसीले सुरु गरेको सत्याग्रहलाई निर्णायक बनाउन हामीले पनि समर्थनमा प्रदर्शन थालेका हौं,’ उद्योग वाणिज्य संघ जिल्लाका अध्यक्ष लोकराज भट्टले भने ।

प्रदर्शनका क्रममा प्रहरीले ठाउँठाउँमा हस्तक्षेपसमेत गरेको थियो । डा। केसीको समर्थनमा स्थानीय व्यवसायीले दुई घण्टा बजार बन्द र होटल व्यवसायीले एक घण्टा होटल बन्द गरेका थिए । शैक्षिक प्रतिष्ठानले पनि आधा दिन विद्यालय बन्द गरेका थिए ।

तीन घण्टा यातायात बन्द गरिएको थियो । केसीको समर्थनमा उनी अनशन बसेकै दिनदेखि लगातार डडेलधुरामा भइरहेको प्रदर्शनमा जनसहभागिता बढ्दै गएको छ । छिमेकी जिल्ला डोटी र बैतडीबाट समेत सहभागी आउन थालेका छन् ।

आइतबार नै डा। केसीले पत्रकार सम्मेलन गरी ‘ज्यान गए पनि चिकित्सा शिक्षा सुधारका लागि जारी आफ्नो लडाइँ नत्याग्ने’ बताएका छन् । ‘मेरो स्वास्थ्यमा समस्या देखा पर्न थालेको छ,’ उनले भने, ‘यसपछि म बोल्न सक्छु कि सक्दैन भनेर पत्रकार साथीहरूलाइ बोलाएको हुँ ।’ उनले थपे, ‘म अनशन बसेको एकसाता भयो, तर राज्यका कुनै पनि निकायले चासो दिएका छैनन् । प्रधानमन्त्री नै जनताप्रति उत्तरदायी नभएपछि अरूले के चासो लिन सक्छन् ।

प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा १५ अर्बको बुद्धमूर्ति र ३ अर्बको भ्यु टावर बनाउन पहल गरेको तर जनताको उपचारका लागि अस्पताल सुधार गर्न चासो नदिएको गुनासो गर्दै डा। केसीले भने, ‘झापामा बन्ने एउटा बुद्धमूर्तिले देशमा ७ वटा मेडिकल कलेज बन्न सक्छन् भन्ने प्रधानमन्त्रीले बुझ्न चाहेका छैनन् ।’ कान्तिपुरबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!