उपनिर्वाचनमा काँग्रेसलाई जिताउन तरूण दलद्वारा ‘निर्वाचन यात्रा सुरु

- November 10, 2019 मा प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले आइतबारबाट ‘तरूण निर्वाचन यात्रा – २०७६’ प्रारम्भ गरेरको छ।

भक्तपुर क्षेत्र नम्बर १ को (क) प्रदेश निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा काँग्रेसलाई जिताउन ‘काँग्रेस जिताऔं अभियान’ संचालन गरिएको तरूण महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

उनका अनुसार भक्तपुरदेखि सुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरमा गएर टुंगिनेछ । अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रम हुने छन् ।

महासचि शाहीले कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवादको भण्डाफोर गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अभियान संचालन गरिएको जानकारी दिए।राताेपाटिबाट

Facebook Comments

प्रतिक्रिया