जंगलको बीचमा २ सय भन्दा बढी चिहान, चिहानले खायो एतिहासिक गढी (भिडियो)

- November 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तनहुँको भानु नगरपालिका वडा न. १ मा बाक्लो सालघारी जंगल छ । गाउँ भन्दा माथी भंयर कालिका देबीको मन्दिर छ भने मन्दिर वरिपरी करिब दुई सय भन्दा बढी मरेका मान्छेका चिहान छन् । जनजातिको परम्परामा मानिसहरु मरेपछि डाँडामा लगेर पोल्ने वा गाड्ने र त्यसमाथी ढुंगाको थुप्रो लगाउने चलन छ, त्यही अनुरुप मन्दिरको चारैदिशामा ढुंगाका थुप्राहरु देखिन्छन् जुन चिहानहरु हुन् । त्यही चिहान बन्ने क्रममा आज एउटा एतिहासिक गढी लोप भएको स्थानीय ठाकुर अधिकारी बताउँछन् । पूर्वज राजाहरु बिशेषत २२ सय २४ सय राज्यको पालामा राजा शिकार खेल्न बनमा आउँदा आराम गर्ने ढुंगाको गढी थियो पछि चिहान बनाउनेहरुले गढीकै ढुंगा प्रयोग गरे र गढी सकियो । जंगलको बीचमा रहेको डाँडामा केही मिलेका ढुंगाहरु देखाउँदै अधिकारीले आफैले अग्लो र भित्र पस्न पनि नमिल्ने गढी देखेको दाबी गरे । गढीमा चारवटा ढोका थिए अहिले सामान्य मान्छेले गढी छ भन्दा पत्ताउदैन त्यस्तो अवस्थामा पुग्यो । करिब दुई सय चिहान छन् वरिपरी, सबैमा यही गढीको ढुंगा लगेर छोपिएको छ, राखिएको छ । चिहानकै  कारण एतिहासिक गढी सकियो, अधिकारीले दुखेसो पोखे । हेर्नुहोस् चिहानले खाएको यो गढी भिडियोमा ।

Attachments area
Preview YouTube video चितुवाले नखाओस् भन्दै मन्दिरमा भाकल | जंगलको बीचमा २ सय भन्दा बढी चिहान | चिहानले खायो एतिहासिक गढी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!