एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

- October 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, कार्तिक १ । गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।
निर्वाचन समितिका आयुक्त शिव रिमालले विजयी उम्मेद्वारहरुको नामावली घोषणा गरेका हुन् ।मत गणना अनुसार विजयी कुमार पन्तले १२ सय १७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी कुल आचार्यले एक हजार ७० मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।

महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भएका छन्  ।
यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भुमा लिम्बु विजयी भएका छन् ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २ हजार ३४० मत खसेको थियो ।

उनी कुल आचार्यलाई पराजित गर्दै आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखाका हुन्। पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए।

अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।न्यूज अभियान डट कमबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!