वाणिज्य बैंकहरुमा निष्क्रिय कर्जा घट्दै

- October 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, १ कात्तिक । वाणिज्य बैंकहरुमा निष्क्रिय कर्जा (एनपीएल)को अनुपात घट्दै गएको छ । खराब कर्जा असुुलीमा कडाइ र बैंकहरुको कुुशल व्यवस्थापकीय क्षमताका कारण पनि आर्थिक वर्ष २०७५/०७६ मा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात घटेको हो ।
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकसहित सातवटा बैंकहरुमा दुुई प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा देखिएको छ भने लक्ष्मी बैंक, जनता बैंकसहितका आठवटा बैंकहरुमा एक प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा रहेको छ ।यी बाहेकका माछापुुच्छे«, सानिमा, एभरेष्टलगायतका १३ वटा बैंकहरुमा भने निष्क्रिय कर्जा एक प्रतिशतभन्दा कम देखिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरणलाई आधार मान्दा राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी कर्जा निष्क्रिय देखिएको छ ।

अघिल्लो आवमा चार दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको वाणिज्य बैंकले पछिल्लो आवमा यस्तो कर्जा घटाएर तीन दशमलव ९० प्रतिशतमा सीमित राखे पनि अन्यको तुुलनामा यो कर्जा बढी देखिएको हो ।

पछिल्लो आवमा राष्ट्रिय वाणिज्य बैंकले एक खर्ब ८९ अर्ब ९१ करोड ६९ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार रुपैयाँ कर्जा परिचालन गर्दा उक्त अनुुपातमा कर्जा निष्क्रिय देखिएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले पनि निष्क्रिय कर्जाको अनुुपात घटाएको छ । अघिल्लो आवमा तीन दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको एनसीसीले पछिल्लो आवमा यस्तो कर्जाको अनुपात घटाएर दुुई दशमलव ७८ प्रतिशतमा झारेको छ ।

पछिल्लो आवमा एनसीसीले ६७ अर्ब तीन करोड रुपैयाँको हाराहारीमा निक्षेप संकलन गरी ६१ अर्ब १३ करोड रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गर्दा उक्त अनुुपातमा निष्क्रिय कर्जा देखिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा भने अघिल्लो आवको तुुलनामा निष्क्रिय कर्जाको अनुुपात बढेको छ । अघिल्लो आवमा एक दशमलव ३६ प्रतिशतमा सीमित रहेको निष्क्रिय कर्जा बढेर आव २०७५/०७६ मा दुुई दशमलव ७८ प्रतिशत पुुगेको छ ।

यस अवधिमा इन्भेष्टमेन्टले एक खर्ब ४९ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा दुुई प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा देखिएको हो ।

सिभिल, प्रभुु र कृषि विकास बैंकले पनि निष्क्रिय कर्जा घटाएका छन् । अघिल्लो आवमा तीन दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको नेपाल बैंकले पछिल्लो आवमा यस्तो कर्जा घटाएर दुुई दशमलव ५८ प्रतिशतमा झारेको छ ।

सिभिल बैंकले पनि निष्क्रिय कर्जा दुुई दशमलव ६४ प्रतिशतबाट घटाएर पछिल्लो अवधिमा दुुई दशमलव ३५ प्रतिशतमा सीमित राखेको छ भने कृषि विकास बैंकले तीन दशमलव ४१ प्रतिशतको अनुुपातमा रहेको निष्क्रिय कर्जालाई दुुई प्रतिशतको हाराहारीमा झारेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल, जनता बैंक, सेञ्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डू, हिमालयन बैैंक, नेपाल बंगलादेश बैंक र सनराइज बैंकमा पनि एक प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा रहेको छ । अघिल्लो आवमा पनि यी बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात एक प्रतिशतकै हाराहारीमा रहेको थियो ।

माछापुुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ, ग्लोबल आईएमई, कुुमारी, स्ट्यान्डर्ड चार्टर्ड, मेगा, प्राइम, एनएमबी र एनआईसी एसियासहितका १३ वटा बैंकहरुमा भने एक प्रतिशतभन्दा कम निष्क्रिय कर्जा रहेको छ । अघिल्लो आवमा पनि यी बैंकहरुमा एक प्रतिशतभन्दा कम नै निष्क्रिय कर्जा रहेको थियो । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!