विश्वभर आज : ब्रेक्जिटमा सहमत, चीन-अमेरिका कुटनीति के होला ?

- October 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

फिलिपिन्समा ६.३ म्याग्निच्युडको भूकम्पमनिला : फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते छन् । फिलिपिन्सको दक्षिणी भूभागमा भूकम्पको धक्का भएको हो । जसले गर्दा केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् ।

बिहीबार नै डाभाओ ओरिएन्टल प्रान्तमा अर्को भूकम्पको अर्को धक्का पनि महसुश भएको अधिकारीहरुले जनाएका छन् । १९९० मा फिलिपिन्सको उत्तरी क्षेत्रमा ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पबाट झण्डै २ हजार मानिसको मृत्यु भएको थियो ।

अवैध यौनसम्बन्ध राख्ने महिला पत्रकारलाई मोरक्कोका राजाले माफी दिए

मोरक्को : मोरक्कोका राजा मोहम्मद (छैटौँ)ले एक महिला पत्रकारलाई विवाहेतर यौन सम्बन्ध गर्भपतनको मुद्दामा जेल सजाय सुनाएका थिए । राजाले हजार राइसोनीलाई उनका प्रेमी, चिकित्सक टोलीलाई समेत जेल पठाएका थिए ।

तर पत्रकार राइसोनी र उनका प्रेमीले विधिवत रुपमै परिवार बनाउने चाहना राखे । यही मुद्दाले विश्वभर चर्चा पायो । साथै अधिकारकर्मीहरुले पत्रकारको अधिकारका लागि आवाज उठाए ।

तर मोरक्कोमा विवाहेतर यौन सम्बन्ध अवैध मानिन्छ । रिपोर्टका अनुसार मोरक्कोमा हरेक दिन ६ सयदेखि ८ सय वटा गर्भपतन अवैध रुपमा हुने गरेको छ । २८ वर्षीया पत्रकार राइसोनीको मुद्दा अदालतमा पुगेको थियो । कानून मन्त्रालयले उनको मुद्दाको फैसला गर्दै पत्रकार राइसोनीलाई माफी दिएको छ ।

साउदी अरबमा बस दुर्घटना, ३५ को मृत्यु

रियाद : साउदी अरबको मदिना नजिकै हिजरा रोडमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । अरब न्युजका अनुसार मृत्यु हुने सबै तिर्थालुहरु थिए । ३९ यात्रु बोकेर गुडिरहेको बस अर्को सवारीसँग ठोक्किएको थियो ।

दुर्घटनामा घाइतेभएकाहरुलाई अल हम्ना अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

हिमालबाट फर्केपछि के निर्णय गर्लान् किमले ?

सोल : उत्तर कोरियाली नेता किम जङ उनका अभिव्यक्ति, निर्णय र गतिविधिबारे विश्व समुदायको कुनै न कुनै चासो हुन्छ । अन्तर्राष्ट्रिय मिडिया उनका गतिविधिलाई लिएर अनेक टिप्पणी गर्छन् ।

खासगरी अमेरिकासँगको सम्बन्ध कसरी अघि बढ्ला भन्नेमा धेरैको चासो छ । उनै नेता किम हालै सेतो घोडा चढेर उत्तर कोरियाको सर्वाधिक अग्लो शिखर माउन्ट पाइकेतो पुगे ।

उनको यही तस्बिर पनि चर्चामा छ । कोरियाली मिडियाका अनुसार उत्तर कोरियाली जनता माउन्ट पाइकेतोलाई पवित्र स्थल मान्छन् । किम र उनका पूर्वज पनि महत्वपूर्ण काम गर्नुभन्दा पहिले यहाँ जाने गर्छन् ।

महत्वपूर्ण निर्णय गर्नुअघि उक्त शिखरमा जाने १ सय ९ वर्षको उनको पारिवारिक परम्परा जस्तै बनेको छ । सबैभन्दा पहिले १९१० मा किमका हजुरबा उत्तर कोरियाका संस्थापक किम किम द्धित्तीय सङ यहाँ पुगेका थिए । सोही क्षेत्रमा उनले जापान विरुद्ध सैन्य अड्डा बनाएका थिए । सङ १९४५ सम्म यहाँ आउने जाने गर्थे ।

अर्को रोचक पक्ष के भने, किम परिवारका मानिस यहाँ अक्सर सेतो घोडा नै चढेर आउने गर्छन् । जुन शौर्यको प्रतिक मानिन्छ । किमका पूर्वज जापानी शासकसँग लडाइँका बेला पनि सेतो घोडाकै प्रयोग गर्थे । किम जङ यसअघि २०१८ मा पनि पाइकेतो पुगेका थिए । त्यसपछि नै अमेरिकासँग कुटनीतिक सम्बन्ध सुरु भएको हो ।
यनले यही बेला पनि अमेरिकासँग बदला लिने प्रतिक्रिया दिएका छन् ।

ब्रेक्जिट’मा नयाँ सहमति


लण्डन : बेलायतमा अति जटिल मुद्दा मानिएको ‘ब्रेक्जिट’बारे बेलायत र युरोपेली संघबीच नयाँ सहमति बनेको छ । बेलायत र इयूका नेताहरुले नयाँ सहमतिबारे अभिव्यक्ति दिन थालेका छन् ।

यससँगै युरोपेली संघबाट ब्रिटेन अलग हुने विषयमा सहमति भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफूहरुले गरेको नयाँ सम्झौताबाट स्थितिलाई नियन्त्रणमा लिएको प्रतिक्रिया दिएका छन् । ‘हामीले नयाँ सम्झौता गरेका छौँ, जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ,’ जोन्सनले ट्वीटर मार्फत भनेका छन् ।

तर ब्रिटेन र युरोपेली संघ दुबैका संसदले अहिलेको नयाँ सहमतिलाई अनुमोदन गर्नुपर्ने छ । ब्रिटेनको डेमोक्रेटिक युनियनिस्ट पार्टी डियुपीले भने अनुमोदन हुने कुरामा आशंका व्यक्त गरेको छ । साथै आफ्नो सहमति नहुने प्रतिक्रिया पनि दिइसकेको छ ।

आमाको पद पच्छ्याउँदै बेलायती राजकुमार

इस्लामाबाद : बेलायती राजकुमार विलियम र उनकी पत्नी केटको पाकिस्तान भ्रमण चर्चामा रह्यो । उनीहरुको चारदिने भ्रमणलाई विशेषगरी पर्यटन प्रवद्र्धनसँग जोडेर व्याख्या गरिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाले विलियमलाई ‘आमाको पदचाप पच्छ्याउँदै’ भन्दै टिप्पणी गर्न थालेका छन् । बेलायती महारानी डायनाले भ्रमण गरेका ठाउँ विलियम दम्पती पनि घुम्न भ्याए । यसले गर्दा पनि उनको भ्रमणबारे यस्तो टिप्पणी भएको हो ।

त्यसो त, डायनाले मृत्यु हुनुभन्दा एक वर्षअघि मात्रै पाकिस्तानको भ्रमण गरेकी थिइन् । विलियम दम्पती पनि डायनाले भ्रमण गरेको क्यान्सर अस्पतालमा बिहीबार पुगे ।

पाकिस्तान सरकारले उनको भ्रमणलाई पर्यटनको गन्तव्यको रुपमा चिनिने अपेक्षा गरेको छ । अन्तर्राष्ट्रिय मिडियाले ‘आमाको पद पच्छ्याउँदै’ भन्दै टिप्पणी गरेका हुन् ।

रोचक त के भने, विलियम पत्नी केटको हरियो पहिरन पनि डायनाले लगाएको हरियो लुगासँग ठ्याक्कै मिल्ने देखिएको छ । भ्रमण अवधिभर उनीहरु पाकिस्तानका स्थानीय तथा घरेलु पहिरनमा सजिए ।

अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञलाई अब अप्ठ्यारो

वासिङ्टन : अमेरिका र चीनबीच कुटनीतिक सम्बन्धमा दरार देखिएको छ । अमेरिकाले चिनियाँ कुटनीतिज्ञका लागि कडाइ गरेपछि यस्तो देखिएको हो । अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञले अमेरिकी अधिकारीहरुसँग भेटवार्ता गर्नुअघि अमेरिकी सरकारलाई जानकारी गराउनु पर्नेछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यहाँका अनुसन्धान केन्द्र वा शैक्षिक संस्था भ्रमण गर्दा पनि चिनियाँ कुटनीतिज्ञले अग्रिम दरखास्त दिनुपर्ने छ । तर चीनले यस्तो नियमको प्रतिवाद गरेको छ । अमेरिकाले अन्तर्राष्ट्रिय नियम नै उल्लंघन गरेको जनाएको छ ।

दुई देशबीच पछिल्लो समय तनाब बढिरहँदा अमेरिकाले यस्तो नियम ल्याएको हो । जुन अनुसन्धान तथा औपचारिक भ्रमण, भेटवार्ताका क्रममा लागु हुनेछ । चीनले अमेरिकी नियममा कडा असन्तुष्टि जनाएपछि चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध थप कमजोर बन्ने टिप्पणी हुन थालेको छ । बिबिसीका अनुसार चीनमा रहेका अमेरिकी कुटनीतिज्ञको संख्या भन्दा अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञको संख्या धेरै छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!