राष्ट्र बैकले अमेरिकी डलर ९१ लाख ९० हजारमा एक हजार दरका ३१ करोड थान नयाँ नोट छाप्ने 

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर ९१ लाख ९० हजारमा नेपाली रुपैयाँ एक हजार दरका ३१ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

नोट छपाईको लागि चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेईजिङसंग सम्झौता गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैकले २०१९ जुुन १९ तारिख अर्थात बिसं २०७६ असार १२ गते राईजिङ नेपालमा बोलपत्र आव्हानको सुचना प्रकाशित गरेकोमा चाईनाको बैंक नोट प्रिन्टिङ कम्पनीले न्युनतम मुल्यमा उच्च गुुणस्तरको नोट छपाई गर्ने बोलपत्र पेस गरेको जनाएको छ ।

सोही आधारमा यही असोज १२ गते अर्थात २०१९ सेप्टेम्वर २९ तारिखका दिन अमेरिकी डलर ९१ लाख ९० हजारमा नयाँ नोट छपाईको लागि उक्त कम्पनी संग सम्झौता गरिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

न्यूज अभियानबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!