बैंकका सिईओ र संचालक नै बैंक डुबाउन तल्लिन भएपछि …

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  दाङको नारायणपुरमा रहेको तत्कालिन बेष्टर्न बैँक हाल देव विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा बैँँकका सिइओ खिमबहादुर डिसि विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको जनाएको छ । बैँकको हिनामिना प्रकरणमा अनुसन्धान गर्न सिइओ डिसिलाई पक्राउ गर्न पुर्जि जारी भइसकेको  दाङका प्रहरी प्रमुख जनक भट्टराइले बताउनु भयो ।
उहाले बैँकको हिनामिना प्रकरणमा संलग्न बैँकका सिइओसहीत सञ्चालकहरु सबै कानुनी दायरामा ल्याएर अनुसन्धान गरीने भन्दै आउदा दिनमा बैँक सम्वन्धि यस्ता अपराध न्युनिकरण गर्न प्रहरीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।केही दिन अगाडि मात्रै सिइओ डाँगिमाथि अदालतवाट पक्राउ पुर्जि ल्याएर दाङ प्रहरीले उनको खोजि कार्य तिव्र पारेको जिप्रका दाङका डिएसपि विनोद विक्रम शाहले बताउनु भयो । प्रहरील बैँक हिनामिना प्रकरणको घटनापछि सिइओ डाँगि सम्पर्क विहिन रहेको भन्दै उनलाई पक्राउ गर्न प्रहरी परीचालन गरीएको पनि शाहले जानकारी दिनु भयो । सिइओ डाँगि फरार रहेको प्रहरीले जनाएको छ ।डिएसपि शाहले फरार रहेपनि दाङ प्रहरीले पक्राउ गरेर छाड्ने भन्दै फरार रहेर कानुनवाट कोही पनि उम्कन नसक्ने चेतावानि दिनु भयो ।

‘बैँकका सिइओ खिमबहादुर डाँगिलाई बैँक हिनामिना प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जि आइसकेको छ, प्रहरीले डाँगिलाई पक्राउ गर्न लागि परेको छ, कोही पनि केही दिन भागेर वच्नेवाला छैनन्, सिआइवि, राष्ट्र बैँक र जिप्रका दाङले हिनामिना प्रकरण अनुसन्धान गरीरहेकाले गलत गर्ने कोही पनि कानुनवाट वच्न सक्दैनन्, बैँक सञ्चालकहरुमाथि अनुसन्धान चलिरहेको छ, सिइओ, बैँक सञ्चालकहरुको खाता नै रोक्का गरेर अनुसन्धान भइरहेको छ, अनुसन्धान भइरहेको ब्यक्तिलाई विदेश भ्रमण लगायत सबै कुरावाट रोकिहाल्छ, भागेर केही हुनेवाला छैन ।’

दसैँको केही दिन अगाडि मात्रै सिइओ डाँगिलाई खोज्न प्रहरी हापुर पुगेको थियो । दसैँको समयमा टिका लगाउन घर आएको मौँका छोपेर डाँगिलाई पक्राउ गर्न प्रहरी हापुरस्थित घरै पुगेको थियो ।
अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरि दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसअगाडि बैंकका म्यानेजर समिर बुढाथोकीसहीत चेकमार्फत कारोवार गर्ने विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरीरहेको छ । तत्कालिन बैष्टर्न बैँक हालको देव विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो । घोराही उपमहानगर १० मा रहेको शाखाबाट कर्जा स्वीकृती नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।

वेस्टर्न  डेभेलपमेण्ट बैंक गएको असारमा देव विकास बैंकसँग गाभिएको  थियो । बुढाथोकी २०६७ सालदेखि वेस्टर्न  डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् । बुढाथोकीले ३५ जना  नक्कली ऋणि खडा गरी आफुलाई फाइदा हुने गरी र बैकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेका छन् । दाङ प्रहरीले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।

व्राञ्च म्यानेजरले बढिमा २ लाख भन्दा बढि लोन दिन नपाउने भएकाले यहाँ मिलीभगतरुपमा बैँक हिनामिना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यति ठुलो रकम हिनामिना हुँदा बैँकका सिओ, कर्मचारी र सञ्चालकहरुको मिलेमतो भएर नै हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान त्यसतर्फ केन्द्रित गरेको छ ।

बैँकमा ठुलो रकम लोन दिनका लागि बैँकका सिइओ, लोन अधिकृत, बैँक सञ्चालकहरुसहीतको लोन समितिले स्विकृती नहुदा सम्म लोन दिन पाउदैन् । साभार

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!