सांसद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनुषा, असाेज २८ । प्रतिनिधिसभा सांसद प्रमोदकुमार साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ ।

जिल्ला अदालत धनुषाद्वारा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सांसद साहलाई पक्राउ गर्न आदेश जारी भएलगतै काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

तोडफोड गर्ने सांसद साहविरुद्ध नागरिक उड्डयन प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!