शुभ बिहानीआज मिति २०७६ असोज २८ गते मंगलबार तपाईंको राशिफल पढी शे’यर गर्नुहोस।

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आज मिति २०७६ साल असोज २८ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक कृष्णपक्ष । तिथि द्वितीया,५६ घडी ३० पला,रातको ०४ बजेर ४० मिनेट उप्रान्त तृतिया । नक्षत्र अश्विनी,१६ घडी ५२ पला,मध्यान्ह १२ बजेर ४९ मिनेट उप्रान्त भरुणी । करण तैतिल,बेलुकी ०४ बजेर ०९ मिनेट उप्रान्त गर,रातको ०४ बजेर ४० मिनेट उप्रान्त बणिज । आनन्दादिमा अमृत योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४४ पला । ग्रामीण महिला दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा सोचेजस्तो नतिजा हात लाग्ने हुँनाले घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । व्यापार व्यावसायमा समय दिनेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् भने नयाँ ठाउँमा लगानि गर्ने बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुँनाले काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नया कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने व्यापारमा गरिएको लगानिबाट भनेजस्तो लाभ हुनेछ । पढाई लेखाईमा बिशेष चासो बढ्नेछ भने प्राबिधिक शिक्षामा सफलता हात लाग्नेछ । समाजमा सानो काम गरि नाम कमाउन सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा तथा उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गरि दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । तपाईंको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।

साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!