एनआरएनए – ठगी अखडाकाे रुपमा परिणत

- October 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्वका लागि हुने निर्वाचनमा कराेडाैं रकम खर्च हुने गरेकाे जाे काेहीलाई थाहा छ, भब्य अनि अचाक्ली खर्च गरेकाे भरमा नेतृत्व हत्याउन खाेज्नेहरूले केे समाजसेवाकाे भावले यत्राे रकम खर्च गरेका हुन त ? याे गम्भीर प्रश्नकाे जवाफ कुनैपनि सदस्यसंग छैन ।

लुटकाे धन फुपुकाे श्राध्द भने झै सिधा सर्वसाधारणलाई नेपालकाे निम्ति नेपाली भन्दै प्रभावमा पार्दै सदस्यता लिन बाध्य बनाउनेे र विश्व सम्मेलन भन्दै चर्काे रकम उठाउनेदेखि भाेटर कार्ड लिन समेत चर्काे शुल्क अशुल्दै विदेशमा बस्ने सर्वसाधारण ठगीकाे प्लेट फर्मकाे रुपमा यतिवेला गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रयाेग हुँदै अाएकाे छ ।

जन्मथलाेकाे विकासकाे निम्ति बिदेशमा बस्ने सम्पुर्ण नेपालीले केही गर्नुपर्छ भन्ने भावनाबाट स्थापना भएकाे साे संस्था स्थापनाकाे डेढ दशक पार सँगै नेपाल र नेपालीकाे निम्ति केही गर्ने भन्दा नी सिमित पदाधिकारीहरूकाे मागी र ठगी खाने भाँडाेकाे रूपमा यतिबेला चित्रित भएकाे जाे काेही सदस्यकाे मनमा पर्न थालेकाे छ । नेपालकाे निम्ति नेपाली भन्दै संस्थाकाे अाडमा लुट धन्दा मच्चाउन तल्लिन पदाधिकारीकाे कारण यतिबेला साे संस्था र पदाधिकारी अालाेचित बन्न पुगेकाे कुरा घाम जस्तै छर्लङ छ ।

(नाम गाेप्य राखिएकाे (एनआरएनए)का एक सदस्यकाे कलमबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!