महिलाको हत्या गरी गहना लुट्ने लामा पक्राउ

- October 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बुटवल, असाेज २७– घाँस काट्न जंगल गएकी महिलाको हत्या गरी सुनका गहना लुट्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते हत्या गरिएकी बुटवल ज्योती नगरकी टिकीसरि गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको हो । मकावानपुर जिल्ला हेटौंडा घर भएका राम लामालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

लामामाथि गुरुङलाई धारिलो हँसिया प्रयोग गरि हत्या गरेको अभियोग लगाइएको छ । लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराइले बताए  ।  गुरुङको हत्या गरगहना लुट्ने उद्देश्यले गरेको प्रहरीले अरोप छ ।

बाख्रा चराउन गएकी गुरुङलाई बुटवल बहुमुखी क्याम्पस पछाडिको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । ६६ वर्षीया गुरुङले लगाएको गरगहना समेत लुटपाट भएका कारण पक्राउ परेका लामालाई कर्तव्य ज्यान र डाँका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामाले बुटवल लक्ष्मीनगरमा नै बसेर ज्यामी काम गर्ने गरेका थिए ।

बुटवल प्रहरीले दशंैको अवसरमा जुवातास खेलिरहेका ३१ जना जुवाडेलाई समेत पक्राउ गरेको छ । बुटवल आसपासका क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट १ लाख ९१ हजार बढी रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

साभार राताेपाटि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!