स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास पड्कियो, ४ जना घाइते

- October 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम ,असोज २५ । संघीय सरकारका एक राज्यमन्त्री सहभागी कार्यक्रमका लागि चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्किदा महोत्तरीमा चार जना घाइते भएका छन् ।

शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी भएका थिए ।

सो कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो ।  विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश (सरोज) यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।

घाइतेहरुको गौशाला स्थित एक पोलिक्लिनिकमा प्राथमिक उपचारपछि अहिले जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ ।

उपचाररत ४ जना मध्ये ओम प्रकाश यादव र कौशल यादवलाई गम्भिर घाइते भएका छन् । सन्तेष पासवान र रिकेश यादवको अवस्था भने सामान्य रहेको जानकी हेल्थ केयरले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!