डान्सर भन्दै मानव तस्करी:दुवई हुदैँ मलावी पुर्याईएका नेपाली चेलीको इन्टरपोलले गर्याे उद्धार

- October 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, असोज २३ । मानव तस्करी गरी दुवई हुदैँ मलावी पुर्याईएका तिन नेपाली चेलीको उद्धार भएको छ ।

गृह मन्त्रालयको पत्राचार र इन्टरपोलको सक्रियतामा उनीहरुलाई २ महिनामा उद्धार गरिएको हो ।

मलावीमा चार बर्षदेखि ‘नाइट कल्व’ सन्चालन गर्दै आएका भारतिय नागरिक अस्लाम अदाम सकरानीले उनीहरुलाई  बन्धक बनाएर राखेका थिए ।

उनले डान्सरको रुपमा काम लगाईदिन्छु भनि विभिन्न प्रलोभन देखाई त्यहाँ पुर्याइएको थियो । सकरानी २०७५ फागुन १० गतेदेखि भारतिय जेलमा रहेको इन्टरपोल नेपालले जनाएको छ ।

२०७५ माघ २८ गते तीन जना नेपाली महिलाहरुलाई मानव तस्करी गरी दुवईमा करिब १ महिना सम्म राखि दुवई हुँदै मलावी पुर्याईएको थियो ।

ती तिन महिलाहरुलाई मलावीमा बन्धक बनाई राखिएको अवस्थामा मलावी प्रहरीले उद्धार गरी उनीहरुलाई नेपाल फिर्ता लैजान आवश्यक कानुनी प्रक्रियाका लागि इन्टरपोल नेपाललाई खबर गरेको थियो ।

ती महिलाहरुलाई मलावी प्रहरीले सुरक्षित स्थानमा राखेर आज नेपाल पठाएको हो । उनीहरु सँगै अर्की एक नेपाली चेलीको पनि उद्धार भएको छ ।    ।

२०७५ फागुन १५ गते ती नेपाली महिला समेत उद्धार गरिएको इन्टरपोल नेपालले जनाएको छ । चारै नेपाली चेलीको उद्धारका लागि गृह मन्त्रालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको थियो ।

पिडितहरुको बयान प्रमाणीत भएपश्चात उनीहरुलाई नेपाल फिर्ता पठाउने प्रक्रियाको सुरु भएको हो ।

इन्टरपोल नेपालले इन्टरपोल मलावीलाई पत्राचार गरि उनीहरुको उद्धार सम्भव भएको हो । स्वदेश फर्किएका पिडितहरुको बयान पछि नेपाल प्रहरीले थप अनुसन्धन गर्ने भएको छ ।

साथै इन्टरपोल नेपाल ले विभीन्न मुद्दामा फरार रही रेड नोटिस तथा डिफ्युजन जारी गरिएका अन्य प्रतिवादीहरुलाई नेपाल ल्याउन विभिन्न मुलुकका इन्टरपोलसँग समन्वय गरिरहेको छ ।

साभार न्यूजअभियान


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!