तरकारी खेतीमा भविष्य खोज्दै  किसान

- October 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सप्तरी असाेज २२ । सप्तरीको सुरुङ्गा नगरपालिका–७ का दलित समुदायका महिलाहरु दिनभर घरभित्रकै चुलोचौकोमा सिमित थिए । तर अहिले व्यवसायिक रुपमा तरकारी खेती गरेर आम्दानी गर्न थालेपछि आत्मनिर्भर बनेका छन्।

यतिबेला खेतमा घिरौला, भिन्डी, करेला लगायतका तरकारी लटरम्म फलेका छन्।

दैनिक मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएका दलित समुदायको जीवनस्तर क्रमश: सुधार हुँदै गएको छ । यहाँका महिलाहरु तरकारी बारीमा भेटिन्छन् ।  तरकारी खेती गरेर आम्दानी गरी आत्मनिर्भर बन्दै छन् ।

‘सेभ द चिल्ड्रेन’को सहयोग सवल नेपालको आयोजनामा समुउन्नति  परियोजना अन्तर्गत  राधाकृष्ण कृषक समूह स्रुङ्गा नगरपालिका वडा नं.  ७ चकदहका  दलित समुदायका १८ जना  महिलाहरुले अहिले  डेढ बिगाह जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
तरकारी खेतीको आम्दानीले उनीहरूको पारिवारिक जीवनस्तरमा सुधार भएको छ ।

साभार अन्नपूर्ण पाेष्ट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!