चिनियाँ राष्ट्रपति २५ गते नेपाल आउने

- October 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार २५ गते नेपाल आउने पक्का पक्की जस्तै भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति आजै मात्र टुंगो लागेको हो।

उनी १२ अक्टोबर अर्थात असोज  २५ गते नैमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने जानकारी परराष्ट मन्त्रालयले जनाएको छ ।

परराष्ट मन्त्रालयको बेव साईटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

सी केही घन्टाका लागि मात्र नेपाल रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

उता, भारतीय सञ्चारमाध्यमहरुले सी को भारत भ्रमणको औपचारिक मिति आज सार्वजनिक हुने उल्लेख गरेका छन् ।

जस अनुसार उनी शुक्रबार र शनिबार भारतमा रहनेछन् । शनिबार साँझ  नेपाल आउने बुझिएको छ । चीनमा

माओत्सेतुङ पछि सीलाई सर्वाधिक शक्तिशाली रुपमा स्थापित हुन सकेका युगका नेताका रुपमा लिइन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!