महान चाड बडा दशैँँको दिन मान्यजनबाट टीका लगाइँदै

- October 8, 2019 मा प्रकाशित

काठमाडौँ, असोज २१ गते ।  हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।

दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।

दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडाँैको सडक भने प्राय : सुनसान देखिएको छ ।

साभार गाेर्खापत्र अनलाइन

Facebook Comments

प्रतिक्रिया