बिहानैदेखि मौसम बदली : केही स्थानमा वर्षा हुने सम्भावना

- October 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आज हिन्दु धर्मालम्बिहरुको महान पर्व बडा दशैं । 

टीका लगाउन आफन्तकहाँ जानेहरूलाई मौसमले समस्या पार्ने हो कि भन्ने चिन्ता छ भने चिन्ता लिनु पर्दैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आकास गुम्म भएपनि ठुलो बर्षा नहुने भएकाले हिलाम्मे भोग्न नपर्ने जनाइएको छ ।

देशैभर  बिहानैदेखि मौसम बदली रहेको छ । बर्षा भने परेको छैन् ।

आज मध्य तथा पूर्वी क्षेत्रका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। पश्चिमका पनि एकरदुई स्थानमा पानी पर्ने जनाइएको छ ।

आज राति पनि मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!