श्री राईको पुर्वेली गीत ‘मनै साटिन्छ’ (भिडियो सहित)

- October 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार, एक्ले बर, चौबन्दी चोली, गुडी जाने रेल, झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ” गीतको भिडियो बजारमा आएको छ ।

दिलिप सागरको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको दिलिप सागरले बताए । गीतमा श्री राईको स्वर रहेको छ ।

गीतलाई निकै आकर्षक रुपमा तयार पारिएको छ  । गीतमा युवा युवती विचमा हुने प्रेमलाई निकै आकर्षक रुपमा समेटिएको छ  ।

दिपक गिरीको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “मनै साटिन्छ” गीतको भिडियोमा मरिष्का पोखरेल, निरन्जन प्रधानको अभिनय तथा नृत्य रहेको छ । साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!