सञ्जीव खरेलको दशैतिहार गीत ‘फूलको माला हरर'(भिडियो सहित)

- October 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाइ  नाच्ने गाउने रमाइलो  बनाउनको लागि अस्ट्रेलिया निवासी गायक सञ्जीव खरेलले दशैतिहार गीत ‘फूलको माला हरर’ ‘लिएर स्राेता दर्शक माझ आएका छन।

दोस्रो गीत ‘बादल’ आएको  करिव ५ महिना पछी गायक खरेलको’फूलको माला हरर’ नेपाली सांगीतिक बजारमा आएको हो । ‘फूलको माला हरर’मा डि.पी खनालको शब्द र  सञ्जीव खरेलको नै  संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले  गरेका हुन ।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिश छेत्री ,रश्मी भट्ट ,अन्जु चौलागाई ,लगायतको जिवन्त अभिनय रहेको छ भने भिडियोमा सुर्य लामाको  छायांकन र फराज अर्पनको  भिडियो सम्पादन एबम निर्देशनमा रहेको छ ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। बिराटनगर स्थायी घर भइ हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका ‘बादल’  र ‘मेरो मायालाई’ दर्शकले अत्याधिक मन पराएका थिए।साभार

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!