भंसार छली गरि ल्याइएका ५५ लाख बराबरका सामान बरामद

- September 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।भंसार छली गरि ल्याइएका सामान बरामद  गरेको छ । जिल्ला काठमाण्डौ बूढानीलकण्ठ न.पा वडा नं.५ स्थित बिष्णुमतीमा बा.५ ख। ६९३९ नंम्बरको टुरिष्ट बस शंकास्पद बेबारिसे रुपमा ढोका खुल्लै राखी पार्किङ्ग गरी राखेको भन्ने खबर यस कार्यालयमा प्राप्त हुनासाथ यस कार्यालयबाट कार्यालय प्रमुख प्र।नि।भुपेन्द्र गिरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

उक्त बसलाई चेकजाँच गर्ने क्रममा छत खोली हेर्दा उक्त बसको छत मुनि फल्स बटम बनाई ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याएका अन्दाजी मुल्य रु ५५ लाख बराबरका कपडाहरु लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

उक्त बोराहरु खोलि हेर्दा ३७०४ थान ९तिन हजार चार सय सात थान० बिभिन्न कलरका उलनका  रेडिमेट सर्टहरु फेला परेको हो ।

सो फेला परेको कपडा र बस सहितको खानतलासी तथा बरामदी मुचुल्का गरी बस र कपडाहरु सहित आवश्यक थप कारबाहीको लागी तालुक महानगरीय प्रहरी बृत्त महाराजगंज पठाईएको प्रहरी स्रोत बताउँछ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!