चलचित्र ‘सम्हाली राख है’ कात्र्तिक २९बाट प्रदर्शनमा आउँने

- September 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आरएल मोक्तानको निर्देशन रहेको चलचित्र ‘सम्हाली राख है’ कात्र्तिक २९बाट प्रदर्शनमा आउँने भएको छ । बितरकसँगको छलफलपछि चलचित्रको रिलिज मिति कार्तिक २९ तय भएको निर्देशक आरएल मोक्तानले बताए ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको फिल्म अहिले पोष्टप्रोडक्सनको अन्तिम चरणमा छ ।

तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् ।

श्यामकृष्ण महर्जन सह निर्माता रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् ।

काठमाडौं, कुलेखानी र दोलखाको आकर्षक दृश्य चलचित्रमा समेटिएका छन् । चलचित्र सबै नेपालीले हेर्नु पर्ने बनेको निर्देशक मोक्तानले बताए ।

युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवारले समसामहिक बिषय बस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ चलचित्र निर्माण भएको निर्माता हरिकृष्ण महर्जनले बताए ।

‘नेपाली चलचित्रमा अर्गानिक कथाको माग हुँदै आएको छ’ निर्माता महर्जनले भने ‘आफ्नै कथामा दर्शकका लागि राम्रो चलचित्र दिन ‘सम्हाली राख है’ बनेको हो ।’ कसैले उपहार दिन्छ भने त्यो सम्हालेर राख्नु पर्ने सन्देश समेत चलचित्रले दिने निर्माता महर्जनले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!