अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’

- December 4, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’

म्याग्दी ९बेनी०,। पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित ९वाइफाई० इन्टरनेट सेवा सञ्चालन गरिएको छ ।

वीरेढा“टी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल÷रेष्टुरेंन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् ।

नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेटसहितको रिलेस्टेसन स्थापना गरेपछि यहा“का सबै साना÷ठूला होटल÷रेष्टुराँले ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गरेका हुन् । वाइफाई सेवा उपलब्ध भएपछि ग्राहकको सङ्ख्यामा वृद्धि भएको होटल÷रेष्टुराँ सञ्चालकहरु बताउँछन् ।

‘स्वदेशी वा विदेशी जो पाहुनाले पनि पहिला वाइफाई सोध्छ अनि मात्र बास । वाइफाई इन्टरनेट नभएको होटलमा आजभोलि पर्यटकले पाइला राख्नै चाहन्न’ पुनहिलका पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भन्नुभयो ।

आ“खामा ठोक्किन आउने हिमालको छाया“मा बसेर अर्गानिक खानेकुरा खाँदै ल्यापटप, नोटवुक वा मोवाइलमा इन्टरनेट चलाउ“दा पर्यटक दङ्ग पर्छन् ।

वाइफाईले होटल÷रेष्टुराँको ब्यापार पनि फष्टाएको छ । घोडेपानीमा मात्र होइन अन्नपूर्ण पदमार्ग क्षेत्रका बिरेठा“टी, उल्लेरी, घान्द्रुक र संसारको सर्वाधिक गहिरो अन्धगल्छीका पर्यटकीय होटल÷रेष्टुराँहरुमा फ्रि वाइफाई इन्टरनेट जोडेका छन् ।

नेपाल टेलिकमलगायतका सेवाप्रदायकले शहरदेखि धेरै टाढाका गाउ“मा समेत मोवाइलको भ्वाइस मात्र होइन, डाटा आदान–प्रदान गर्न सेवा पु¥याएपछि उपभोक्तालाई सूचना प्रविधिको विश्व सञ्जालमा सजिलै जोडेको छ ।

केही समय अघिसम्म शहरमा वितरण गरिएको थ्रीजी मोवाइल सेवा अहिले पर्यटकीय वस्ती घोडेपानी, तोतोपानीका वस्तीसम्म पुगेको छ । रासस

लमजुङ, । तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ ।

इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मस्र्याङ्दी ए’ जलविद्युत् आयोजना मिदिम खोलामा निर्माणाधीन तीन मेगावाट क्षमताको तल्लो मिदिम जलविद्युत् आयोजना, दोर्दी करिडोरमा निर्माणाधीन २८ मेगावाट क्षमताको सुपर दोर्दी, ४९ मेगावाट क्षमताको तल्लो दोर्दी आयोजना र २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।

इन्धन अभावकै कारण आयोजनाका विद्युतीय तथा अन्य सवारी साधान प्रयोग गर्न नसकिने भएपछि बाध्य भएर आयोजनाको काम बन्द गर्नुपरेको आयोजना पक्षको दावी छ ।

लगातारको बन्दका कारण सन् २०१५ को डिसेम्बरमा निर्माण सम्पन्न हुने भनिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ ले आयोजना सम्पन्न मितिलाई छ महिनापछि सारेको छ ।

जिल्लामा निर्माणाधीन आयोजनाका लागि दैनिक १० हजार डिजेल र पाँच हजार लिटर पेट्रोलको आवश्यकता पर्ने भएपनि जिल्लामा मुस्किलले १५ सय लिटर डिजेल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले जानकारी दिनुभयो ।

जिल्लामा भित्रिएको डिजेल एम्बुलेन्स, प्रहरी तथा नेपाली सेनाको अत्यावश्यक कामका लागि समेत अपुग भएकाले सर्वसाधारणका लागि उपलव्ध गराउन नसकिएको पम्प सञ्चालकको भनाइ छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!