नेपाली महिला टेबलटेनिस टिम फाईनलमा

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाईनल प्रवेश गरेको छ ।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यले भरखरै पठाएको समाचार अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३ – ० ले पराजित गर्दै फाईनल यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र ईरान संग समान ३ – ० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३ । १ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३ । ० ले पराजित भएको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!