देशकै बेइज्जत गर्दै यी तीन मन्त्री !

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, चीनका राष्ट्रपति सी जिङपिङले यस क्षेत्रका भुटानबाहेक सबै मुलुकहरुको भ्रमण दोहोर्याएर समेत गरिसक्दा सबैभन्दा नजिकको छिमेकी नेपालको भने अहिलेसम्म एक पटक पनि भ्रमण गरेका छैनन् ।

चीनका राष्ट्रपति सीको इच्छा हुँदाहुँदै पनि नेपालको तर्फबाट तयारी नपुगेको कारणले गर्दा अहिलेसम्म नेपाल भ्रमण हुन नसकेको विश्लेषण कूटनीतिज्ञहरुको रहेको छ ।

तर, २०७६ असोजको अन्तिम साता छोटो समयका लागि भए पनि चीनका राष्ट्रयपति सी जिङपिङको नेपाल भ्रमण लगभग निश्चित भएको छ ।

तर, नेपालको तर्फबाट भने चीनका राष्ट्रपति सीको भ्रमणको विशेष तयारी नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुले अझै गर्न सकेका छैनन् ।

यो मामिलामा नेपालका तीन वटा महत्वपूर्ण मन्त्रालयहरु अर्थ, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काम कारबाही अत्यन्त निराशाजनक रहेको बालुवाटार श्रोत बताउँछ ।

नेपालका सरकारका खराब तीन मन्त्रीको नेतृत्वमा रहेका मन्त्रालयहरुको यही निराशाजनक कामकारबाही भएकै कारणले गर्दा २०७६ भदौ २२ गतेबाट तीन दिनका निम्ती चिनियाँ विदेशमन्त्री बाङ यीको विशेष र महत्वपूर्ण नेपाल भ्रमणलाई नेपाली पक्षले नै नेपालका निम्ती बेइज्जतीपूर्ण बनाउने काम गरेको विश्लेषण गरिएको छ ।

चिनियाँ विदेशमन्त्री यीको नेपाल भ्रमणको कुनै तयारी परराष्ट्र र अर्थ मन्त्रालयले नगरेकै कारणले गर्दा लगभग ३५ करोड रुपैयाँ बराबरको मनाङमा अस्पताल र ५ हजार थान त्रिपाल लिने सहमति गरेको अनावश्यक प्रचार गरेर परराष्ट्र मन्त्रालयले चीनसमक्ष नेपाललाई अपमानको अवस्थामा पुर्याउने काम गरेको थियो ।

अबको लगभग एक महिनामा २३ वर्षपछि चीनका राष्ट्रपतिले नेपालको विशेष भ्रमण गर्दैछन् । अमेरिकालाई चुनौती दिएर विश्वशक्तिको होडमा रहेको चीनको तर्फबाट नेपाललाई विशेष उपहार र यथेष्ट सहयोग यो भ्रमणको अवसरमा उपलब्ध हुने स्थिति छ ।

तर, नेपालको परराष्ट्र मन्त्रालयसँगै अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उदासिनताको कारण चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको फाइदा नेपालले उठाउन नसक्ने हो कि भन्ने आशंका पैदा भएको छ ।

परराष्ट्र मन्त्रालय पूर्ण रुपमा निकम्मा कर्मचारीहरुको नियन्त्रणमा रहेको र परराष्ट्र मनत्री प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालयलाई निकम्मा नेतृत्व दिएको कारणले गर्दा चीनका राष्ट्रपति सीको नेपाल भ्रमण पनि नेपालका निम्ती उपलब्धिमूलक नहुन सक्छ कि भन्ने आशंका उत्पन्न भएको हो ।

२०७६ भदौ २१ ग्तेबाट तीन दिनका निम्ती चीनका विदेशमन्त्री वाङ यीको भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवालीको रवैयाले देखाएको छ । यसैगरी चीनका राष्ट्रपति सीले नेपाल भ्रमणको सन्दर्भमा नेपालका लागि गौरवशाली आयोजनाहरुमा चीनको तर्फबाट विशेष सहयोग हुनसक्ने स्थिति छ ।

तर, नेपालको अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसको कुनै तयारी र गृहकार्यसमेत गरेका छैनन् । यहीकारणले गर्दा नै काठमाडौं–केरुङ रेलमार्ग सम्बन्धित सम्झौता पनि यो भ्रमणमा हुन नसक्ने अनुमान गर्न थालिएको छ ।

अर्थमन्त्री युवराज खतिवडा कर्मचारीको लहलहैमा चल्ने अर्थ मन्त्रालयलाई सक्षम नेतृत्व दिन नसकेकै कारणले गर्दा देशको अर्थतन्त्र र नेकपाको चुनावी घोषणा पत्रले नराम्रो धोका खाइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको प्राथमिकतामा इन्जिनियरहरुको सरुवा, बढुवा करोडौं असुल्ने र ठेकेदार कम्पनीहरुको ठेक्काबाट आउने कमिशनको फाइलमा मात्र भएको कारणले गर्दा चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको अवसरमा भौतिक पूर्वाधारका महत्वपूर्ण योजनामा सम्झौता हुन नसक्ने हो कि भन्ने आशंका गरिएको छ ।

प्रधानमनत्री केपी ओली समृद्ध नेपाल र सुखी नेपाली भन्ने आफूले अगाडि सारेको लक्ष्यलाई साकार पार्न चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण महत्वपूर्ण सहयोगी हुने अपेक्षामा रहेका छन्, साँघुमा उल्लेख छ ।

तर, परराष्ट्र, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीहरु क्रमशः प्रदीप ज्ञवाली, युवराज खतिवडा र रघुवीर महासेठ प्रधानमन्त्री ओलीका निम्ती अहिले यी तीन महाविकटका साथै सरकारका लागि बद्नाम पात्र भएका छन् ।

मन्त्रीत्रय ज्ञवाली, खतिवडा र महासेठको कार्य शैलीबाट वाक्कदिक्क भएका प्रधानमन्त्री ओलीले अतिविशिष्ट पाहुनाको नेपाल भ्रमण सम्पन्न भएपछि उनीहरुलाई थान्को लगाउने बालुवाटार चर्चा नेकपामा हुने गरेको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!