फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न, भिडियो दशैमा

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ईटहरी/ मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा सम्पन्न भएको हो । रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन् । म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ ।

परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले निर्देशन गरेका हुन । गायक ठाकुरकै सब्द तथा संगीत रहेको गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन् । नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ ।

यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए । गीत फरक स्वादको भएसंगे भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताए । भिडियो दशैमा रिलिज गरिने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!