राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा देशकै उच्च हिमाली बस्तीमा

- September 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र मान्नीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उक्त अवसरमा नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभयो ।

बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूको बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गर्नुभएको थियो । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!